काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको दोस्रो सम्मेलन सम्पन्न भएको छ । भदौ २९ गते कैलाली अत्तरिया उद्घाटन भएको सम्मेलन असोज १ गते नेतृत्व निर्वाचित गर्दै सम्पन्न भएको हो । सम्मेलनले निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व निर्वाचित गरिएको छ ।
सम्मेलनले विरबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । थापाले १३१ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी विरेन्द्रराज विष्टले ११५ मत ल्याएका थिए ।
उपाध्यक्षको लागि कैलाश चन्द्र गिरी, तिलक माल, खेमराज साउद, जीवन बिसी, साजेन्द्र कोली, विनोद चौधरी र लक्ष्मी चौधरीले प्रतिस्पर्धा गरेका थिए । गिरी, माल, बिसी, कोली निर्वाचित भएका छन् भने लक्ष्मी चौधरी निर्वाविरोध निर्वाचित भएका थिए ।
त्यसैगरी प्रमुख सचिवमा विशराज सञ्ज्याल, देविजंग सिंहले प्रतिस्पर्धा गरेका थिए भने सिंह १२८ मत ल्याएर निर्वाचित भएका थिए । सचिवको लागि कमल थापा, मनोज पुन, रोहित जोशी, सुरेश भट्ट, प्रकाश आचार्य, प्रेम परियार, तारा भट्ट र लालबहादुर उखेडाले उम्मेदवारी दिएका थिए । जसमा थापा, पुन, जोशी आचार्य निर्वाचित भएका छन् ।
त्यस्तै, कोषाध्यक्षमा सुन्दर गौतम निर्विरोध निर्वाचित भएकाे केन्द्रीय कार्यालयका प्रमुख तथा उपाध्यक्ष केशव रावलले जानकारी दिए ।