आज :

लिपुलेक-कालापानीमा भारतको दाबी पुग्छ भनेपछि मेटमणीको चौतर्फी विरोध, पार्टीले साेध्यो स्पष्टिकरण

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव मेटमणि चौधरीले नेपाली भूमि लिपुलेक-कालापनीबारे भारतको दाबी पुग्ने बताएपछि चौतर्फी विरोध भइरहेको छ । चौधरीलाई भारतीय दलाल भन्दै सामाजिक संजालमा पार्टीबाट कारवाही गर्नुपर्ने माग समेत उठेको छ ।

भदौ २५ गते एक टिभीमा दिएको अन्तरवार्तामा चौधरीले लिपुलेक र कालापानी भारतले दाबी गर्छ भनि अभिव्यक्ति दिएका थिए । सो क्रममा चौधरीले भारतले लिपुलेक-कालापानी आफ्नाे भूमि भएको दाबी गरिरहेको बताउँदै सो दाबी पुग्ने ….बताएका थिए ।

चौधरीको चौतर्फी विरोध हुन थालेपछि बिहीबार महासचिव घनश्याम भूसालले स्पष्टीकरण सोधेका हुन् । तीन  दिने स्पष्टिकरणमा महासचिवले अनेकौं तथ्यहरुले उक्त भूभाग नेपालकाे भन्ने कुरा स्पष्ट पारेको र आफ्नाे पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंक बनाइसकेको बताउँदै त्यसविपरित मुलुकको अखण्डता र सार्वभौमसत्ताविरुद्ध किन बोल्नुभयो भन्दै प्रश्न गरेका छन् ।

‘अनेकौँ तथ्यहरूले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन् । हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वविदितै नै छ । त्यसविपरीत, मुलुकको अखण्डता र सार्वभौमसत्ताका विरुद्ध तपाईँले किन बोल्नु भएको हो ?’ स्पष्टिकरणमा भनिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal