काठमाडौँ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङको दहचोक स्थित घरमा कालो व्यानर लगाएको छ । उपराष्ट्रपति पुनको चन्द्रागिरी नगरपालिका स्थित दकचोकमा रहेको भव्य घर निर्माणको स्रोतको बारेमा प्रश्न उठाउँदै शनिबार कालो ब्यानर टाँगेको हो ।
सो ब्यानरमा ०४६ यताका राष्ट्र प्रमुख र सबै उच्चपदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न माग गरेको छ ।