आज :

राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्ति गर्दै, काँग्रेस–एमालेलाई मन्त्री छान्नै सकस

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्री नियुक्ति गर्ने भएका छन् ।

राष्ट्रपति पौडेलले आज साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्ने भएका हुन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज साँझ ५ बजेभित्र दाबी पेस गर्न शुक्रबार नै आह्वान गरेका थिए ।

सोअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरिसकेका थिए ।

आज नियुक्तिको प्रक्रिया अघि बढे पनि प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहणको कार्यक्रम भने सोमबार बिहान ११ बजे रहेको छ ।

आकांक्षी धेरै भएपछि नेपाली काँग्रेस र एमालेका नेतालाई सकस भएको छ । पुराना र नयाँ सबै नेताहरुले दाबी गरेपछि अहिलेसम्म दुबै पार्टीले मन्त्री छनोट गर्न सकेका छैनन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal