आज :

प्रधानमन्त्रीको लागि ओलीद्वारा दाबी पेशः नियुक्ति आइतबार हुने, साना दललाई ‘बाइपास’

  • अनलाइन डबली

काठमाडौँ । नयाँ प्रधानमन्त्रीको लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेलगत्तै नेपाली काँग्रेसको समर्थनमा ओलीले दाबी पेश गरेका हुन् ।

शुक्रबार साँझ सभापति शेरबहादुर देउवासहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेका ओलीले कांग्रेसका ८८ र एमालेका ७८ गरी १६६ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएपछि राष्ट्रपति पाैडेलले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

साना दलहरुलाई सँगै लिएर सरकार बनाउने भनिएपनि दाबी पेश गर्ने बेला भने ‘बाइपास’ गरिएको छ । साना दलप्रति विश्वास नभएकोले नै दाबी पेश गर्दा हस्तक्षार नराएको बताइएको छ । दाबी पेश गर्दा साना दललाई पनि हस्ताक्षर गराउँदा समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने झन्झट आउन सक्ने भन्दै उनीहरुलाई सहभागी नगराइएको एमाले नेताहरुले बताएका छन् ।

काँग्रेस-एमाले गठबन्धनलाई जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीले साथ दिएका थिए ।

आज शनिबार सार्वजनिक बिदा भएकोले अब भोलि आइतबार मात्रै ओली प्रधानमन्त्रीमा नियुक्त हुनेछन् । ओलीको शपथ पनि आइतबार नै हुने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal