आज :

ओलीले ढाँट छल गरेर नयाँ समिरकरण बनाए: प्रधानमन्त्री प्रचण्ड

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै एमालेका अध्यक्ष केपी ओलीले ढाँट छल गरेर नयाँ समिरकरण बनाएको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्रीले दस्तखत भइसक्दा पनि केही भएको छैन् जस्तो देखाएर नयाँ समिकरण गरेर झुक्काउने काम भएको जानकारी गराएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

उनले भने, ‘१७ गते प्रधानमन्त्री र ओलीबीच झण्डै ३ घण्टा कुराकानी भएको र त्यहाँ सकारात्मक ढंगले नै सरकारको काम अघि बढाउने कुरा भएको र बाहिर मिडियामा आएका समाचार झूटा हुन् भनेपछि १७ गते राति १२ बजे दस्तखत गरिसकेपछि पनि ओलीले बिहान प्रधानमन्त्रीसँग भेटेर केही भएको छैन् भने, ३ जना नेता नै बसेर कुरा गर्ने भनेको र केपी जी ३ जना बसौं भन्दै हुनुहुन्छ के हो भनेर सोधेपछि शेरबहादुर देउवाले हैन दस्तखत भइसक्यो अब सक्योे सरी भनेपछि बल्ल बाहिर आयो यस्तो ढाँट छल भयो भनेर दललाई प्रधानमन्त्रीले जानकारी गराउँनुभयो ।’

त्यस्तै, बैठकले संविधानको व्यवस्था अनुसार विश्वासको मत फेस गर्ने र त्यसका लागि सांसदहरूलाई ह्वीप जारी गर्र्नेे निर्णय गरेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal