आज :

अन्तरिक्षबाट घरको छतमा ७०० ग्राम तौलको टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर

  • अनलाइन डबली

काठमाडौँ । अमेरिकाको फ्लोरिडा राज्यमा एक परिवारले अन्तरिक्ष एजेन्सी नासा विरुद्ध ८० हजार डलर क्षतिपूर्ति माग्दै मुद्दा दायर गरेको छ । मार्च ८, २०२१ मा, ७०० ग्राम तौलको टुक्रा अन्तरिक्षबाट उनको घरमा कसेको थियो र सो टुक्राका कारण उनको घरको छतमा प्वाल परेको थियो ।

यस घटना पछि, नासाले यो टुक्रा प्रयोग गरिएको ब्याट्रीको कार्गो प्यालेटको भाग भएको र यो २०२१ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट फोहोरको रूपमा छोडिएको बताएको छ । नासाले यो टुक्रा वायुमण्डलमा प्रवेश गरेपछि पनि पूर्ण रूपमा नष्ट हुन नसकेको बताएको छ ।

द गार्डियनको रिपोर्टका अनुसार कानून फर्म क्र्यानफिलले समनर परिवारको मुद्दा लडिरहेको छ । फर्मले आफ्नो ग्राहक एलेजान्ड्रो ओटेरोको नेपल्स, फ्लोरिडामा घर रहेको बताएको छ । भग्नावशेष खसेकाले छतमा प्वाल परेको थियो ।

फोहोरको टुक्रा घरमा खसेको बेला ओटेरोका छोरा डेनियल घरमै रहेको र उनलाई कुनै चोटपटक भने नलागेको बताइएको छ । तर ओटेरोका परिवारले भने जे पनि हुन सक्थ्यो भन्दै नासबात क्षतिपुर्ति माग गरेको छ ।

फर्मका वकिल मिकाह गुएन वर्थीले भने, ‘यो घटनाले मेरो ग्राहकको जीवनमा ठूलो प्रभाव पारेको छ । उनले यस घटनामा परेका पीडाका लागि उचित क्षतिपूर्तिको माग गरेका छन् । घटनामा कसैलाई पनि शारीरिक चोट नपुगेको भन्दै उनीहरु कृतज्ञ छन् तर यस्तो ‘नजिक’ अवस्था खतरनाक हुन सक्छ । कसैलाई गम्भीर चोट लाग्न सक्थ्यो वा मृत्यु हुन सक्थ्यो ।

अन्तरिक्षमा फोहोर निरन्तर बढ्दै गएकाले दुर्घटना पनि बढेको क्र्यानफिलले बताए । यस विषयमा नासाले कस्तो प्रतिक्रिया देखाउँछ भविष्यमा उदाहरण बन्न सक्छ । फर्मले नासासँग आफ्नो दावीको जवाफ दिन ६ महिनाको समय रहेको बताएको छ । रिपोर्टका अनुसार नासाले यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

अन्तरिक्षमा हुने फोहोरलाई ‘स्पेस डेब्रिस’ वा ‘अर्बिटल डेब्रिस’ भनिन्छ । यी ती कृत्रिम सामग्री हुन् जुन अब उपयोगी छैनन् तर पृथ्वीको वरिपरि घुमिरहेका छन् । यो फोहोर मानिसले अन्तरिक्षमा पठाएको वस्तुबाट बनाइएको हो । यसमा रकेटका टुक्राहरू, उपग्रहका टुक्राहरू, अन्तरिक्ष यात्रीहरूले छोडेका वस्तुहरू लगायत छन् ।

विगत ६० वर्षमा विश्वभरका देशहरूको अन्तरिक्ष गतिविधि बढ्दै गएपछि अन्तरिक्षमा भग्नावशेष बढ्दै गएको छ । नासाको वेबसाइटका अनुसार हाल पृथ्वीको कक्षामा १० सेन्टिमिटरभन्दा ठूलो २९ हजारभन्दा बढी वस्तुहरू छन् ।

नासाको अनुमान अनुसार हरेक दिन कम्तिमा एक टुक्रा भग्नावशेष पृथ्वीमा पुग्छ । यो टुक्रा या त पृथ्वीमा कतै खस्छ वा वायुमण्डलमा पुग्ने बित्तिकै जल्छ । धेरै जसो अन्तरिक्षको फोहोर पानीमा खस्छ, किनकि पृथ्वीको सतहको ७१ प्रतिशत पानी रहेको छ ।

सन् १९७९ मा नासाको अन्तरिक्ष केन्द्र स्काइल्याब पृथ्वीमा खस्यो तर त्यो पनि समुन्द्रमा खस्यो । यो घटना लामो समयको लागि चर्चामा थियो । वास्तवमा यो भग्नावशेषको तौल ७५ टन थियो, यो जमिनको कुनै भागमा खसेको भए ठूलो विनाश हुन सक्ने थियो । स्काइल्याबलाई अमेरिकाले १४ मे १९७३ मा अन्तरिक्षमा पठाएको थियो । स्काइल्याबले करिब पाँच वर्षसम्म राम्रोसँग काम गरिरह्यो । तर अन्तरिक्षमा सौर्य आँधीका कारण यसको प्यानल जलेर बिस्तारै यसको इन्जिनले पनि काम गर्न छाड्यो । यसपछि यो अन्तरिक्षबाट पृथ्वीतर्फ सर्न थाल्यो । सुरुमा यो पृथ्वीमा कहाँ खस्ने हो थाहा थिएन ।

चिनियाँ अन्तरिक्ष स्टेशन तियाङगोङ अप्रिल २०१८ मा पृथ्वीसँग ठोक्किने अपेक्षा गरिएको थियो । यसको बारेमा धेरै चिन्ता उठाइयो, तर यो समुद्रमा खसेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal