काठमाडौँ । नेपाली काँग्रेसका नेता उमेश श्रेष्ठको स्मल हेभेन एकेडेमीले स्कुलले चर्को शूल्क असुल गरेको भन्दै अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले गाडीमा अगजानी गरेका छन् ।
महावीरले नेतृत्व गरेको नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीका संयोजक सुमनाले विज्ञप्ति जारी गरेर संविधानमा उल्लेख भएको अनिवार्य शिक्षा, उच्च शिक्षासम्म निःशुल्क र वैज्ञानिक शिक्षा लागू गर्न, सम्पूर्ण निजी शैक्षिक संस्थाहरुलाई राष्ट्रियकरण गरी शैक्षिक एकरुपता ल्याउन, निजी शैक्षिक संस्था, शैक्षिक व्यापारीकरण र शैक्षिक माफियाको पूर्ण खारेजी, शैक्षिक क्षेत्रमा देखिएका सबैखाले विकृतिको अन्त्य, अवैध विदेशी शैक्षिक संस्थाहरु, तयारी कक्षा संचालन गर्ने संस्थाहरु र केन्सल्टेन्सीहरुविरुद्धको संघर्षको क्रममा स्मल हेभेन स्कुलमाथि चेतावनीपूर्वक कारवाही गरिएको बताएकी छन् ।
“दलाल व्यवस्थाको शैक्षिक माफियाको नेता उमेश श्रेष्ठले संचालन गर्दै आएको स्मल हेभेन स्कुलले चर्को शुल्क असुल्ने, अभिभावकहरुलाई शोषण गर्दै आएको हुँदा पटकपटक चेतावनी दिँदासमेत प्रवाह नगरेको हुादो अखिल क्रान्तिकारी चितवनद्वारा स्मल हेभेन स्कुलको बसमाथि चेतावनीस्वरुप कारवाही गरिएको जानकारी गराउँन चाहन्छौ” सुमनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भरतपुर महानगरपालिका–२०, दद्रेनीमा सडकमा बागमती प्रदेश– ०६–००१ क ०४५ नम्बरको बसमाथि आगजनी भएको थियो ।
यस्तो छ विज्ञप्तिः