काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । कार्कीले संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्री कार्कीले उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन् ।
नयाँ समिकरण बनेसँगै नेकपा एमालेबाट मुख्यमन्त्री बनेका कार्कीलाई नेकपा माओवादी केन्द्रले समर्थन गरेको छ । कुल ९३ प्रदेशसभा सदस्य रहेको यस प्रदेशमा आवश्यक बहुमतको लागि ४७ जना सांसद समर्थन चाहिन्छ । तर एमाले र माओवादीसँग ५२ सांसद छन् ।
मधेसमा बन्न लागेको नयाँ समिकरणमा सहभागी हुन लागेको जसपा नेपालले कोशी प्रदेशमा कार्कीलाई विश्वासको मत दिने भएको छ । लोसपाबाट निर्मला लिम्बू प्रदेशसभा सदस्य छन् ।
कार्कीविरुद्ध सर्वोच्च अदालत पुगेको नेपाली काँग्रेसले भने आजको प्रदेशसभा बैठक बहिस्कार गर्ने बताएको छ ।
केन्द्र सरकारमा सहभागी भएको नेकपा (एकीकृत समाजवादी) ले भने विश्वास मत नदिने बताइसकेको छ । एसको यो निर्णय पनि प्रतिउत्पादक बन्नेछ ।
सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका मुख्यमन्त्रीले विश्वासको मत नपाइरहेको बेला कोशीको यो निर्णय उसैको लागि घातक बन्ने बताइएको छ । सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारीले मुख्यमन्त्री बनिराख्न एमालेको अनिवार्य सहयोग चाहिन्छ ।