आज :

हेपाटाइटिसको संक्रमणबाट वर्षेनि १३ लाख मानिसको मृत्यु, यस्ता छन् कारण र लक्षणहरु

  • अनलाइन डबली

काठमाडौं । हेपाटाइटिस संक्रमणका कारण विश्वभर हरेक वर्ष १३ लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले मंगलबार प्रकाशित गरेको रिपोर्ट अनुसार हेपाटाइटिसले ज्यान गुमाउनको संख्या हरेक वर्ष बढेको पनि बताएको छ ।

‘डब्लुएचओ २०२४ ग्लोबल हेपाटाइटिस रिपोर्ट’ले १८७ देशको नयाँ तथ्याङ्कले भाइरल हेपाटाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या सन् २०१९ मा ११ लाख रहेकोमा २०२२ मा १३ लाख पुगेको जनाएको छ । जसमध्ये ८३ प्रतिशतको मृत्यु हेपाटाइटिस बी र १७ प्रतिशत हेपाटाइटिस सीका कारण भएको थियो । प्रतिवेदनमा हेपाटाइटिस ‘बी’ र ‘सी’ संक्रमणका कारण विश्वभर दैनिक ३ हजार ५ सय जनाको मृत्यु भइरहेका छन् ।

संयुक्त राष्ट्र संघको स्वास्थ्य एजेन्सीका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससल प्रतिवेदनले विचलित पार्ने चित्र चित्रित गरेको बताएका छन् । हेपाटाइटिस संक्रमण रोक्न विश्वव्यापी रूपमा प्रगति भएको छ, तर मृत्युको संख्या अझै बढिरहेको छ ।

पछिल्लो प्रतिवेदनले सन् २०३० सम्म हेपाटाइटिस उन्मूलन लक्ष्यमा पुग्नका लागि धेरै काम गर्नु पर्नेमा पनि जोड दिएको छ ।

हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो । यस रोगले मानिसको कलेजोमा असर गर्दछ । अन्य मौसम भन्दा वर्षातको समयमा बढी देखा पर्दछ । यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने सम्भावना हुन्छ । यसलाई एड्स भन्दा पनि खतरनाक मानिन्छ । हेपाटाइटिसबाट मर्नेको संख्या एड्सबाट मर्नेको संख्या भन्दा १०गुणा बढी हुन्छ । मानव शरीरमा कलेजो महत्वपूर्ण अङ्ग हो ।

यो सुन्निएको अवस्था नै हेपाटाइटिस हो । विभिन्न विषाणुको संक्रमण, औषधिको प्रयोग, क्यान्सर आदि हेपाटाइटिसका कारण हुन् । मुख्य रूपमा हेपाटाइटिस भाइरस ए.बी, सी, डी र ई पर्दछन् । प्रत्येक वर्ष करिब १३ लाखको मृत्यु हेपाटाइटिसबाट भइरहेको छ भने ७८ प्रतिशत कलेजोको क्यान्सरको कारण हेपाटाइटिस बी र सी देखिएको छ ।

एकाएक कलेजोमा हुने सुजनका कारण

– भाइरल हेपाटाइटिस (ए,बी,सी,डी र ई),
– मदिरा सेवन,
– औषधि जस्तै पारासिटामोल हालोथेन,
– विषादि जस्तै विषयुक्त च्याउ, आफ्लाटक्सिन।

भाइरल हेपाटाइटिसका लक्षणहरु

– थकाइ लाग्ने,
– कमजोरी महसुश हुने,
– खान मन नलाग्ने,
– खानाको बास्नाले नै वाकवाक आउने वा वान्ता हुने,
– पिसाबको रङ गाढा हुने,
– ज्वरो आउने,
– कमलपित्त हुने,
– जीउ चिलाउने।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal