काठमाडौं । आज एकैदिन ८ वटा संसदीय समितिको बैठक बस्दैछन् । संघीय संसद्अन्तर्गतका ८ वटा समितिले मंगलबार एकै दिन विभिन्न विषयमा छलफल गर्न बैठक बोलाएका छन् ।
जसअनुसार प्रतिनिधिसभाअन्तर्गतका ४ र राष्ट्रिय सभाअन्तर्गतका ४ वटा समितिका बैठक बस्न लागेको हो ।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक विहान १० बजे बस्दैछ । महिला तथा सामाजिक मामिला समितिको बैठक ११ बजेका लागि बोलाइएको छ । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, दिगो विकास तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठकको पनि विहान ११ बजे नै बस्दैछ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक भने साढे ११ बजेका लागि बोलाइएको छ । त्यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्दैछ ।