आज :

शिक्षालाई प्रयोगात्मक बनाउन नीतिगत सुधार गरौं : मन्त्री शर्मा

  • अनलाइन डबली

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सैद्धान्तिक ज्ञानमा सिमित बन्न खोजेको नेपाली शैक्षिक क्षेत्रलाई प्रयोगात्मकतर्फ जोड दिंदै नीतिगत सुधार गर्नुपर्ने बताएकी छन् । उनले सूचना प्रविधिलाई सूचना समाजसँग जोड्नुको विकल्प नभएको औंल्याइन ।

बुधबार त्रिभुवन विश्वविद्यालय परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको शिक्षा क्षेत्र बढी सैद्धान्तिक हुने र प्रयोगात्मक नहुने समस्या पहिल्यैबाट रहिआएकाले नीतिगत रुपमै समस्याको समाधान खोज्नुपर्नेमा उनले जोड दिइन ।

उनले स्वास्थ्य र सूचना प्रविधि क्षेत्रको शिक्षा बढी प्रयोगात्मक हुने गरेपनि मानविकी, व्यवस्थापन, सूचना प्रविधिलगायतका संकायमा सैद्धान्तिक शिक्षालाई प्रयोगात्मकतर्फ केन्द्रीत गर्नुपर्नेमा जोड दिइन् । उनले शिक्षा नीतिकै कारण वर्षभरी पढेर पनि मार्केटमा प्रतिस्पर्धा गर्न नसक्ने तथा स्नाकोत्तर सकेर बेरोजगार बस्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताइन ।

शर्माले भनिन्, ‘नेपालमा पढाइ हुने सबै संकाय वा विषयहरुबाट उत्पादन हुने विद्यार्थीहरुलाई बजारमा प्रतिस्पर्धा गर्नसक्ने र योग्य बनाउनका निम्ती सैद्धान्तिक साथै प्रयोगात्मक ज्ञान पनि आवश्यक छ भन्ने कुरालाई व्यवहारिक रुपमै त्रिविलगायतका विश्वविद्यालयले कार्यान्वयन गर्न सके भने कोहीपनि वेरोजगार बस्नुपर्दैन् ।’

उनले युवा पुस्तालाई आकर्षण गर्नसक्ने सूचना प्रविधि(आइटी)अध्ययन अध्यापन उदाउदो र प्रवल सम्भावना बोकेको विषयको रुपमा आएकाले सोही अनुसार जनशक्तिको विकास गरी गुणात्मक परिणाम हासिल गर्न सक्नेगरी काम गर्नुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal