Skip
आज :

हिमाली क्षेत्रमा हिमपातको सम्भावना, काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस

  • अनलाइन डबली

काठमाडौं । आज बिहान काठमाडौं उपत्यकाको तापक्रम पाँच डिग्री सेल्सियस मापन भएको छ ।

आज बिहान साँढे  ६ बजेको रेकर्ड अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ । यसअघि काठमाडौंको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियससम्म पुगेको थियो ।

मंगलबार राती कोशी,बागमती गण्डकी प्रदेशका उच्च पहाडी जिल्लाका केही ठाउँमा हिमपात र हिउँदे वर्षा भएको विभागले जनाएको छ । उच्च पहाडी स्थानमा भएको हिमपात र वर्षाका कारण चिसो बढेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

बंगलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेकोले आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली देखि मुख्यतया मौसम सफा रहेको छ । साथै, तराई भू–भागमा हुस्सु÷कुहिरो लागेको छ।

आज दिउँसो कोशी,बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार राती कोशी, गण्डकी र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal