आज :

विश्वका घुम्नैपर्ने गन्तव्यमध्ये ३७ औं नम्बरमा मुस्ताङ

  • अनलाइन डबली

काठमाडौं । अमेरिकी समाचारमाध्य न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नै पर्ने विश्वका ३७ गन्तव्यको सूचीमा नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ ।

न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त वर्णन गर्दै संसारका ३७ स्थानहरूमध्ये नेपालको मुस्ताङ पनि सन् २०२४ मा घुम्नैपर्ने पर्यटकीय स्थलको रूपमा रहेको जनाएका छन् । विश्वका ५२ वटा गन्तब्यको सूची सार्वजनिक गर्नेक्रममा मुस्ताङ ३७औं नम्बर समावेश भएको हो ।

हिमालपारीको जिल्लाको नामबाट परिचित मुस्ताङ धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखको विचमा अवस्थित रहेको छ । करिव ३ हजार वर्ष भन्दा अगाडिको पुरातात्विक उत्खनन अनुसार यहाँबाट नेपाल र तिब्बत वीचको व्यापारिख मुख्य नाका रहेको थियो ।

मुस्ताङको सदरमुकाम जोमसोम हो भने पूर्वमा मनाङ, पश्चिममा डोल्पा, दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्छ । मुस्ताङ अन्नपूर्ण हिम श्रृङ्खलाको उत्तरमा पर्ने भएकाले एकदमै कम पानी पर्ने जिल्ला पनि हो ।

मुस्ताङका प्रमुख पर्यटकीय स्थलमा लोमान्थाङ्ग ऐतिहासिक दरबार, लोमान्थाङ्गको सिटी वाला, मुक्तिनाथ’क्षेत्र,टुकुचे निलगिरी हिमाल, धौलागिरी हिमाल, तिलिचो पिक, याककावा पिक,टुकुचे धम्पुस पिक, टुकुचे पिक हिमाल टुकुचे मार्चे लेख, टुकुचे बतासे लेख, टुकुचे नाथांग खर्क रहेका छन् ।

यसैगरी धार्मिक हिसावले  पनि यो जिल्लाको महत्व रहेको छ । मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, कागबेनी, शिवालय मन्दिर (पुथाङ), गणेश मन्दिर (जोमसोम) टुकुचे गोम्पा कोबाङ, टुकुचे क्युपर् गोम्पा, टुकुचे गोम्पसम्प, टुकुचे मकल् गोम्पा, टुकुचे रानी गोम्पा, मार्फा गोम्पा रहेका छन् ।

उच्च पहाडी दुर्गम हिमाली जिल्ला भएको हुनाले यहाको जनजीवन भिन्नै प्रकारको छ। सदरमुकाम देखि उत्तर तिर भोटे गुरुङ, विष्ट र ठकुरी जातीहरूको वाहुल्य छ भने दक्षिण तिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातीहरूको वसोवास भएको पाईन्छ ।

गुरुङ् तथा थकाली जातीहरू वौद्ध धर्म मान्दछन् भने दलित तथा अन्य जातीहरूले हिन्दू धर्म प्रति आस्थावान देखिन्छन् । न्युयोर्क टाइम्सले सार्वजनिक गरेको लिस्टमा नर्थ अमेरिकालाई शीर्ष स्थानमा रहँदा फ्लोरिडा ५२ औं स्थानमा छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal