आज :

यस्तो छ माझी समुदायले फूलपातीका दिन यसकारण घोर्माली पूजा गर्नुको कारण

  • अनलाइन डबली

रामेछाप । माझी समुदायले समुदायले हरके बडादशैँको फूलपातीको दिन घोर्माली पूजा गर्ने गर्दछन् ।

फूलपातीको दिन माझी समुदायका मानिसहरू नदी किनारमा भेला भई सो पूजा गर्ने गर्दछन् । हरेक घरबाट कुखुराको भाले, पोथी र अण्डा तथा पूजा सामाग्री र अन्य प्रसादी लगेर पूजा गर्ने प्रचलन रहेको छ ।

यस्तो छ घोर्माली पूजा गर्नुको कारण

घोर्माली भनेको लेककी भोटेनी हो । कहावत अनुसार रामेछापको सित्खा आसपासबाट सुनकोसीमा बग्दै आएकी घोर्मालीलाई नदीमा जाल खेल्दै गएका कासे माझीले फेला पारेछन् ।

नदीले बगाएर ल्याएकी ती अति सुन्दरी महिलालाई देखेपछि मन थाम्न नसेकेर कासे माझीले महिलासँग शारीरिक सम्बन्ध राखेछन् । शारीरिक सम्बन्ध राख्ने क्रममा ती महिलाको सरिरमा रहेको अरिङ्गालले कासेलाई पनि टोकेपछि उनका पनि मृत्यु भएछ ।

कासेको ज्यान गए पनि घोर्मालिको गर्भ आए छ । मृतक महिलाको गर्भ आए पनि बच्चा जन्मिन सकेन । गर्भमा आएको बच्चाले पनि जन्म लिन सकेन । जसले गर्दा तिनै जनाको मृत्यु भयो । मृत आत्माले माझी समुदायलाई दुःख दिन लागेपछि उनीहरूलाई बुझाउन घोर्माली पूजा गर्न लागिएको मन्थलीका सेते माझी बताउँछन् । सो पूजालाई लेकाली पूजा पनि भनिन्छ ।

फूलपातीका दिन बिहानै गाउँका मानिसहरू नुहाइधुवाई गरेर नदी किनारमा जम्मा हुन्छन् । त्यस पछि घरघरबाट कुखुराको भाले, पोथी र अण्डाका साथै फलफूल, नैवेत लिएर नदीमा पुग्छन् । विधिपूर्वक घोर्माली पूजा गरेर घर घर फर्किएर फर्किएपछि तुल्याई बनाई खाने मन्थलीका बालकृष्ण माझीले बताए । ‘माझी समुदायका मौलिक पर्व मध्ये यो पनि एउटा पर्व हो’, उनले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal