
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक जागरणको हिसाबले अन्य स्थानभन्दा सुदूरपश्चिम प्रदेशले बढि महत्व बोकेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित श्रष्टा अभिनन्दन तथा डेउडा साँस्कृतिक उत्सव २०८० मा सम्बोधन गर्दै अध्यक्ष ओलीले पहिलो शहीदको रुपमा सुदूरपश्चिम, पहिलो आन्दोलनको रुपमा सुदूरपश्चिम, जागरणको हिसाबमा सुदूरपश्चिम र बलिदानको हिसाबमा सुदूरपश्चिमले इतिहास लेखेको बताए ।
उनले अगाडि भने ‘ तर सुदूरपश्चिम पनि पछाडि परेको छ तर सधैँ यस्तो हुन सक्दैन्, स्रोत र अनेक हिसाबले सबल छ यसको कमजोरी भनेको एउटा दुर्गम मात्रै हो । ’
अध्यक्ष ओलीले सबै विषयको ज्ञानको सुरुवात भएको भूमि नेपाल आज पछाडि परेको चर्चा गर्दै भने ‘ हिमालको देश जहाँ नदी नाला भएको, जीवन्त भूमि आज गरीब बनेको छ भोगमरीबाट सताइएको छ, यो दुःख लाग्दो कुरा त र यो सधैँ यस्तै भईरहन सक्दैँन् । म प्रधानमन्त्री भएको बेलामा अप्टिकल फाइबर, केवलकार र सबै जिल्लामा फोरजी पु¥याउने कामलाई सञ्चालन गरेको हुनाले सञ्चार क्षेत्र अलि बलियो भएको छ । ’
अध्यक्ष अोलीले सुदूरपश्चि सांस्कृतिक हिसाबमा पनि सुसम्पन्न रहेको चर्चा गरे ।