आज :

संसद चलाउन सरकार गम्भीर देखिएन: सचेतक बर्तौला

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले संसद चलोस भन्ने नचाहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आईतबारको बैठक सूचना टाँसेर स्थगित गरिएपछि सञ्चारकर्मीसंग कुरा गर्दै उनले सदन चलाउने कुरामा सरकार चुकेको तर्क गरे । संसद चलाउने विषयप्रति सरकार गम्भीर हुनुपर्छ तर सरकार गम्भीर नदेखिएको उनको भनाई छ । उनले सदनमा सांसदले उठाएको प्रश्न प्रति सरकार जिम्मेवार नभएको बताए ।

सदन अवरोध नभए पनि सांसदले उठाएका कुराहरु सरकारले नसुनेको उनको टिप्पणी छ । ‘सदन अवरोध नभए पनि सांसदले उठाएको कुरा सुनुवाई भएको छैन् । अवरोध हुन नहुनुको कुनै पनि मतलव नभएको जस्तो परिस्थतिका संसद पुगेको छ ।’

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal