काठमाडौँ । विप्लव नेतृत्वको नेकपाका युवा नेता भिमसेन घिमिरे ‘विपिन’ ले स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा.सुरेन्द्र चौरसियालाई सरकारले कारवाही नगरे आफूहरुले जनकारवाही गर्ने चेतावनी दिएका छन् ।
संवाद डबलीले नियमित कार्यक्रम ‘स्वस्थ्य संवाद’ मा बोल्दै विपनले डा.चौरसियाले स्वास्थ्य क्षेत्रमा सेटिङमा ठूलाठूला भ्रष्टाचार गर्दै आएको बताउँदै भने, “स्वास्थ्य विभागमा भ्रष्टाचार र अनियमितताको प्रपञ्च मिलाउने महासय डा.सुरेन्द्र चौरसियालाई हामी चेतावनी दिन्छौं, तपाईँले सीमा नाघ्नु भयो । हामीले यसको हिसाब किताब राखेका छौं ।”
सरकारले स्वास्थ्य क्षेत्रको भ्रष्टाचारको सफाई गर्न ओम्नी काण्डको फाईल खोल्न र त्यसमा आफ्नो पार्टीले पनि साथ दिने बताए ।