काठमाडौँ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्र काजमा रहेका कर्मचारीको विवरण माग गरेको छ ।
मन्त्रालयले विहीबार नि.सचिवस्तरीय निर्णय गरेर मन्त्रालयसहित १३ वटै स्वास्थ्य कार्यालय, अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, स्वास्थ्य निर्देशनालय मकवानपुर, स्वास्थ तालिम केन्द्र काठमाडौं, आयुर्वेद औषधी उत्पादन केन्द्र चितवन, जनस्वास्थ्य प्रयोगशाला काभ्रे, स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र मकवानपुरलाई पत्र लेखेर कामकाजमा रहेका कर्मचारीको विवरण मागेको हो ।
यसअघि मुख्यमन्त्रीको कार्यालयले बुधबार कामकाजमा रहेका कर्मचारी विवारण पाँच दिनभित्र उपलब्ध गराउन भन्दै स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो ।
सोही पत्रको आधारमा मन्त्रालयले विहीबार पाँच दिनभित्र उपलब्ध गारउने पत्राचार गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीको बेला कामकाजमा रहेका सम्पूर्ण कर्मचारीलाई दरबन्दी भएकै ठाउँमा फिर्ता गर्न निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरिएको थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र
मन्त्रीस्तरीय निर्णय कार्यान्वयन नभएको भन्दै गुनासो आएपछि अनलाइन डबलीले त्यससम्बन्धी समाचार प्रकाशित गर्दै आएको थियो ।