आज : २०८२ बैशाख, १६

भक्तपुरमा सौर्यमासका आधारमा मनाइने बिस्काः जात्रा आजबाट सुरु

  • बुद्धशरण शाही
  • २०७९ चैत्र २७ गते   १२:१८ बजे

भक्तपुर।सौर्यमासका आधारमा मनाइने देसको एकमा मात्र बिस्केट (बिस्काः) जात्रा आज साँझबाट सुरु हुँदैछ।

आठ रात नौ दिनसम्म मनाइने यो जात्रा आजबाट सुरु हुन लागेको हो। सोमबार आज साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरूवात गरिने प्रचलन रहेको छ। जसअनुसार जात्राको पहिलो दिन भैरवनाथसहित भद्रकालीको पनि रथ तानिने गरिन्छ।

साे रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ। तौमदिमा चैत मसान्तका दिन नागपताकासहितको लिङो उथादै जात्रा ८ दिन ९ रात मनाइने जात्रा नाग र नागिनको संहार गरि बस्ती विस्तार गरेको खुसीयालिमा बिस्का जात्रा मनाउने किम्व्दन्ति रहेकोछ् l

टौमढीबाट  हिटी पु‍र्‍याए पछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन रहँदै आएको छ।

लिच्छविकालदेखि सुरु भएको जात्रा नयाँ वर्षको अर्थात् वैशाख १ गते मा ख्यमा नागपात सहित ठढ्याईएको योसिं ढाली समापन गरिने प्रचलन रहेको छ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal