काठमाडौँ । सरकार मिटरब्याज पीडितको पक्षमा उभिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध मानेर आवश्यक कानुन बनाई पीडितलाई न्याय दिने निर्णय गरेको हो ।
११ दिन हिडेर मिटरब्याज पीडित काठमाडौंमा पुगेर सरकारसँग पीडकलाई कारवाहीको माग राखेर प्रदर्शन गरिरहेका छन् । अहिलेसम्म कानुन अभावकै कारण मिटरब्याजी पीडितले न्याय पाउन सकेका थिएनन् ।
सरकारको यो निर्णयसँगै अब मिटरब्याज उठाउनेलाई कारवाही गर्न कानुन नै बन्ने भएको छ ।
सरकारले अपराध संहिता २०७४ लाई संशोधन गर्न आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।