आज :

रुस, चीन र अफ्रिकाबीच हिन्द महासागरमा संयुक्त सैन्य अभ्यास हुँदै, अमेरिका तनावमा

  • अनलाइन डबली

काठमाडौँ । रुस, चीन र अफ्रिकाले हिन्द महासागरमा संयुक्त सैन्य अभ्यास गर्न लागेका छन् । युक्रेनमा रुसले सैन्य कारवाही सुरु गरेको एक वर्ष पुग्नै लाग्दा तीन देशबीच यो अभ्यास हुन लागेको हो ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार अफ्रिकाको तटनजिकै हिन्द महासागरमा १० दिनसम्म सैन्य अभ्यास चल्नेछ । यही फेब्रुअरी १७ बाट अभ्यासन सुरु हुने बताइएको छ ।

दक्षिण अफ्रिकाको राष्ट्रिय डिफेन्स फोर्स (एसएएनडीएफ) ले संयुक्त सैन्य अभ्यास हुन लागेको पुष्टि गर्दै आफ्नो सशस्त्र बलका ३५० सदस्यहरू उक्त अभ्यासमा सहभागी हुने जनाएको छ ।

उक्त सैन्य अभ्यासमा रुसले जर्कन हाइपरसोनिक क्षेप्यास्त्रहरू बोक्ने एड्मिरल गोर्शकोभ नामक युद्धपोत पठाउने घोषणा गरेको छ । ती क्षेप्यास्त्रको वेग ध्वनिको भन्दा नौ गुना बढी छ र तिनको मार हान्न सक्ने क्षमता एक हजार किलोमिटर परसम्म छ ।

अमेरिकाले उक्त सैन्य अभ्यासनलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेको बीबीसीले जनाएको छ । ह्वाइट हाउसका प्रवक्ताले युक्रेनविरुद्ध रुसले क्रुर यु द्ध थालेकाले रुससँग अभ्यास गरिरहेका कुनै पनि देशप्रति संयुक्त राज्य अमेरिका चिन्तित हुने बताएको समाचारमा उल्लेख छ ।

अमेरिकाले चाहेपनि अफ्रिका युक्रेन घटनालाई लिएर रुससँगको सम्बन्ध तोड्न चाहेको छेन । विगतमा युक्रेन घटनालाई लिएर निन्दा गर्दै राष्ट्रसङ्घले आयोजना गरेको मतदानमा दक्षिण अफ्रिका अनुपस्थित रहेको थियो ।

त्यतिमात्रै नभएर अमेरिका र युरोपसँग मिलेर रुसविरुद्ध प्रतिबन्धात्मक कदम कार्यान्वयन गर्न पनि अफ्रिकाले अस्वीकार गरेको थियो । अमेरिकाले प्रतिबन्ध लगाएका रुसका व्यवसायी एलेक्सेइ मोर्डाशोभसँग जोडिएको नोर्ड सुपरयाटले केपटाउनमा बिसाउन अनुमति पाएको छ ।

त्यसबाहेक रुसी मालवाहक पानीजहाज लेडी आरलाई दक्षिण अफ्रिकी जलसेनाको एउटा अखडामा सामान ओराल्न अनुमति दिइएको थियो । सरकारले त्यसमा पहिले नै खरिद गरिएको गोलीगट्ठा भएको बताएको थियो ।

दक्षिण अफ्रिकाले रुससँग मात्रै भनएर सन् २०११ यता संयुक्त राज्य अमेरिकासँग चारवटा र फ्रान्स अनि जर्मनीसँग पनि अभ्यास गरेको जनाउँदै यो सैन्य अभ्यासको विरोध गर्नुको तुक नरहेको बताएको छ ।

यसअघि दक्षिण अफ्रिकी विदेशमन्त्री नालेडी पान्डोरले हालै रुसी राष्ट्रपति सर्गेइ लाभ्रोभको निमन्त्रणमा रुसको भ्रमण गरेकी थिइन् । उनले कुनै देशले यस्ता अभ्यास गर्न पाउने र अरूले नपाउने भन्ने खालका अन्तर्राष्ट्रिय दोहोरो मापदण्डको आलोचना गरेकी थिइन् ।

रुस, चीनसँग सैन्य अभ्यास रोक्न खोज्नु अन्तर्राष्ट्रिय अभ्यासविपरीत हुने अफ्रिकाले जनाएको छ । अफ्रिकाले आफ्नो जलसेनाको प्राथमिकता घरेलु जलक्षेत्रमा मत्स्यपालनको रक्षा गर्नु र हिन्द महासागरमा डाँकुहरूसँग जुझ्नु रहेको बताउँदै आएको छ ।

अफ्रिकाको सत्तारुढ पार्टी अफ्रिकन नेशनल कङ्ग्रेसको रुससँग लामो सम्बन्ध पनि रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal