आज :

माओ जयन्तीको दिन चीनका ७१ लडाकू विमान ताइवानमा प्रवेश 

  • अनलाइन डबली

काठमाडौं । आज संसारका माओवादीहरुले चिनियाँ महान् चिनियाँ नेता माओत्से तुङ को जन्म जयन्ती मनाइरहेका छन् । चीनले विशेष कार्यक्रमको आयोजना समेत गरेको छ । चीनले सैन्य अभ्यास तथा शक्ति प्रदर्शन समेत गरेको छ ।

यसैक्रममा चिनियाँ लडाकू विमानहरु ताइवानी समुद्री क्षेत्रमा प्रवेश गरेका छन् । ताइवानको रक्षा मन्त्रालयका अनुसार  अहिलेसम्म ७१ चिनियाँ विमान आफ्नो सामुद्रिक क्षेत्रमा देखिएको बताएको छ ।

यस घटनामा चीनले गत आइतबार ताइवान वरपरको समुद्री र हवाई क्षेत्रमा ‘स्ट्राइक ड्रिल’ गरेको जनाएको छ । चीनले पनि ताइवान र अमेरिकाको उत्तेजक कदमका कारण यी अभ्यासहरू भएको बताएको छ ।

चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्छ । यस्तै, ताइवान चीनको यो दाबी खारेज गर्छ । ताइवानले यी अभ्यासहरूले चीनले क्षेत्रीय शान्तिमा खलल पारेर ताइवानी जनतालाई डराउन खोजेको भनेर पुष्टि गरेको बताएको छ ।

ताइवानको रक्षा मन्त्रालयले चिनियाँ नौसेनाका सातवटा जहाज पनि ताइवान नजिकै देखिएको बताएको छ । रक्षा मन्त्रालयले चिनियाँ लडाकू विमान देखेपछि ताइवानका लडाकू विमानहरूले उनीहरूलाई चेतावनी दिएको बताएको छ । यतिबेला मिसाइल सिस्टम्सलाई तयार राखिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal