काठमाडौंको मख्खन स्थित ब्यबसायिक भवन सुरज आर्केडको बेसमेन्टमा भएका पसलहरु दिउसो ४ बजे सम्म खालि गराउन काठमाडौँ महानगर पालिकाले निर्देशन दिएको छ।
काठमाडौँ महानगर पालिका नगर प्रहरी राजुनाथ पाण्डेले सहितको टोलीले न्युरोडको सुरज आर्केडमा रहेको बेसमेन्टको बारेमा आज बिहानै अनुगमन पछी बेसमेंटमा राखिएका पसलहरु दिउँसो ४ बजेसम्ममा हटाउन निर्देशन दिइएको हो।
टोलीले सो स्थानका अन्य ब्यबसायिक भवनको बेसमेंटमा संचालमा गरिएका पसलहरुको समेत अनुगमन गरेको छ ।