नेवाः समुदायलाइ अपमान गरेको आरोप लागेका कमेडियन अपूर्व क्षितिजलाइ कानुनि कारवाही गर्नु पर्ने नेवा: अभियानताले आफ्नो अडान कायेमै राखेका छन् ।
नेवाः समुदायका अभियान्ताहरुले आज काठमाडौँ महानगरीय परिसरमा जाहेरी दिए पछी अपुर्वले सामाजिक संजाल मार्फत माफी मागेको भिडियो पोस्ट गरे पश्चात पनि अभियानताले कानुनि कारवाही गरेरै छाड्ने अडान कायम राखेका हुन् ।
क्षितिजले नेवाः समुदायलाई लिएर गरेको हाँस्य प्रस्तुतीबाट नेवा: समुदायको आस्था माथि ठेस पुगेको नेवाः अभियान्ताहरुको भनाइ छ । २४ घण्टा भित्र क्षितिजलाई पक्राउ नगरे भोलि आइबार विभिन्न स्थानमा विरोध प्रदर्शन गर्ने तयारि रहेको अभियान्ता यादवलाल कायेष्थले जानकारी दिएका छन् । कायेष्ठले भने ‘ कुनै पनि जाति धर्म , समुदायलाइ लक्षित् गरि अपमानित अभिव्यक्ति मान्य हुने छैन । यो दुब्य्बहार हो , उहाले आफुले गल्ति भयो , अध्यन भएन वा ग्यान भएन भनेर माफी माग्दैमा छोड्न सकिदैन । ’
आज सार्वजनिक विदा भएका कारण जाहेरी दर्ता नहुने भनिए पनि नेवाः अभियान्ताहरुको माग अनुसार प्रहरीले जाहेरी दर्ता गरेको अभियान्ताहरुले जानकारी दिए ।