आज :

सुन्दरीजलमा बेपत्ता भएका पुरूषको यसरी भयो जिवितै उद्धार

  • अनलाइन डबली

काठमाडौँ । सुन्दरीजल स्थित खोलामा खसेर बेपत्ता भएका पुरूषको उद्धार भएको छ ।  सुन्दरीजल बागमती  खोलामा चिप्लिएर खसेका एक पुरूषको प्रहरी संगको सहकार्यमा शनिबार उद्धार र्गन सफल भएको छाँगो क्यानोनिंग कम्पनिका प्रशिक्षक् किसोर शाहीले  जानकारी दिए ।

‘स्थानीय एक युवकबात  दिउसो २ मैले खबर पाएँ , तुरुन्त उद्धार सामग्रीका साथ उसलाई नै लिएर खोज्न निस्किए , ठुलो ढुंगाको चेपमा पानीको उच्च धारका बीच अड्किएर बसेको रहे छ ,  रोप , लक्क्र् क्यार्बिनर फित गरि तत्काल पुगेका सेना र  प्रहरीका टोलिको सहयोगमा ति युवक बर्ष २७ का  सन्देश कार्कीको जिवितै उद्धार गर्न सफल भयौ ।  ’ प्रशिक्षक् शाहीले भने ।

यसै गरि घटना घटेको तत्कालै प्रहरी प्रभाग सुन्दरीजलबाट प्रहरी नायव निरीक्षक धिरेन्द्र थपलियाको कमाण्डमा प्रहरी टोली परिचालन गराइएको थियो । नेपाली सेना बिपद तथा उद्धार गण, सुन्दरीजलबाटसमेत टोली खटिई निज चिप्लिएको ब्यक्तिको खोज तथा उद्धार कार्य सामेल  भएका थिए । निकै जोखामका बीच २ घण्टा ३० मिनेटको मेहनतमा ति युवकको उद्धार भएको छ ।

प्रशिक्षक शाही नेपालमा  जोखम युक्त झरनामा खेलिने खेल ( क्यानिनिंग )  भित्र्याउने पहोलो ब्यक्ति हुन् । तीन दशकको लामो अनुभवमा शाहीले विपद तथा दुर्घटना परेकालाइ उद्धार गरेको अनुभाव रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal