आज :

आज धेरै स्थानमा बर्षा हुने भन्दै मौसमविद्ले दिए यस्तो चेतावनी ! मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध

  • अनलाइन डबली

काठमाडौं । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको रहेको छ । मनसुन सक्रिय नै रह मौसमविद्ले बताएका छन् । मनसुन सक्रिय नै रहेकाले आज दिउँसोसम्म नै धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् बताएका छन् । मौसमविद् विनु महर्जनका अनुसार आज प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने अनुमान छ ।

यस्तै, राति पनि वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । दिनभर बर्षा हुने भएकोले यात्रा गर्दा पनि सतर्कता अपनाउन आग्रह गरेका छन् । लगातार पानी परिरेहकोले नदी खोलाका तटिय क्षेत्रका बाढी तथा पहिरो आउन सक्ने चेतावनी पनि मौसमविद्ले दिएका छन् । आज बेलुकादेखि भने पानी पर्ने क्रम बिस्तारै कम हुँदै जाने अनुमान छ ।

यसैबीच लगातारको बर्षासँगै मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा पहिरो गएपछि सोमबार राति ११ बजेदेखि बन्द भएको सडक २३ घण्टा पछि खुलेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो हटाएर गएराति साढे १० बजेतिर सडक खुलाए पनि फेरि २ बजेपछि पहाडको ढिस्कोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । अहिले यो सडकखण्डमा गाडीको लामो लाइन लागेको छ । सडक अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् । विशेषगरी, बिरामी, बालबालिका र ज्येष्ठ नागरिक समस्यामा परेको बताइएको छ ।

बर्षासँगै मंगलबार बिहान साढे ६ बजे मालिका गाउँपालिका-२ रुममा पहिरो खस्दा पाँच जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक सबैको सनाखत भइसकेको छ । पहिरोले एकै घरका पाँच जनाको मृत्यु र अर्कोमा बस्ने दुई जना घाइते छन्। अर्को एउटा घर भने खाली नै थियो।

मृत्यु हुनेमा ३६ वर्षीय घामबहादुर विक, उनकी ३४ वर्षीया श्रीमती राममाया, १५ वर्षीय छोरा नवीन, १३ वर्षीय छोरा राजन र ७ वर्षीया छोरी अस्मी छन्। घाइतेहरू भने ६५ वर्षीय गोठे विक र उनकी श्रीमती गोरी विक छन्। उनीहरूको अवस्था सामान्य नै रहेको प्रहरी नायब उपरीक्षक भारतीले बताए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal