काठमाडौँ । अमेरिका र बेलायतलगायतका देशहरुले रुसलाई पराजित गर्न भनेर युक्रेनलाई अत्याधुनिक हतियार दिइरहेका छन् । पश्चिमा देशहरुले युक्रेनको पूर्वी क्षेत्रमा हतियार पठाइरहेका छन् । तर, त्यहाँ उनीहरुका हतियार रुसको अगागि नकाम बन्दै गएका छन् ।
भारतीय रक्षा विश्लेषक यूके देवनाथका अनुसार रुसले सैन्य कारवाही सुरु गरेको दश दिनमा युक्रेनसँग भएका सबै अस्त्रहरु सकिएका थिए । त्यसदेखि नै पश्चिमा देशहरुको हतियारबाट युक्रेनले रुससँग लडिरहेको छ । तर, अमेरिकार, बेलायत, फ्रान्सजस्ता देशहरुले घातक भनेर दिएका अस्त्रहरु पूर्वी युक्रेनमा नकाम हुँदै गएका छन् ।
पश्चिमा देशहरुले खर्बौ डलर पर्ने लामो र छोटो दूरीका मिसाइल, एयर डिफेन्स सिस्टम, तोप, क्षेप्यास्त्र पठाइरहेका छन् । तर, रुसले एकपछि अर्को विजय हासिल गर्दै गइरहेको छ । डोनबासपछि लुहान्स्क क्षेत्र पनि कब्जा गरेको छ ।
अमेरिकाले लुहान्स्कमा रकेट सिस्टम पठाइरहेको थियो । यो हाई आर्टिलरी सिस्टम हो । अमेरिकाले अफगानिस्तान, सिरियामा प्रयोग गरेको थियो । त्यस्तै, एम– ७७७ तोप दिएको थियो । त्यसले पनि काम गरेन । ४२ किलोमिटरसम्म ध्वस्त गर्न सक्ने बताइएको छ । यो तोप अमेरिकाले घातक भएको दाबी गर्दै आएको थियो ।
त्यसैगरी नेटोले आफ्नो सबैभन्दा घातक भनिएको सीजर तोपले पनि लुहान्स्क पठाएको थियो । यसले ४० देखि ४२ किलोमिटरसम्म ध्वस्त पार्न सक्ने नेटोको दाबी छ । यसले ५ किलोमिटर टाढासम्मको माइन राखेको पत्ता लगाउछ र बाटो बदल्न सक्छ । यसले एक मिनेटमा ६ वटा गोली प्रहार गर्न सक्छ । यो तोपले विरोधीको रकेटलाई पनि निसाना बनाउन सक्ने बताइएको छ । यो उपडखापड जमिनमा प्रतिघण्टा एक सय किलोमिटर गुड्न सक्छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसन किभ पुगेपछि पीर्वी युक्रेनमा एयर डिफेन्सलगायतका अस्त्र पठाउन बढाएका थिए । बेलायतले आफ्नो सबैभन्दा प्रभावकारी भन्दै मोबाइल डिफेन्स सिस्टम पठाएको थियो । यसले हवाई हमलाबाट बचाउन सक्ने बेलायती सेनाको दाबी छ । स्ट्रर्मर एयर डिफेन्स सिस्टम पनि पठाएको बताइएको छ । यसले १८० किलोमिटर प्रतिघण्टा अगाडी वा पछाडि गुड्न सक्छ । यसले पाँच किलोमिटरसम्म उचाईका विमान खसाल्न सक्छ ।
युक्रेनमा पठाएका पश्चिमा देशहरुका अस्त्र रुसको अगाडि नकाम बन्दै गएका छन् । त्यसको पछिल्लो घटना लिसेचान्स्क शहर रुसले कब्जाका लिएपछि पुष्टि भएको छ । योसँगै रुसले पूरै लुहान्स्क क्षेत्रनै कब्जामा लिएको छ ।
लुहान्स्क कब्जासँगै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई आराम गर्दै अगाडि बढ्न आदेश दिएका छन् । पुटिनको आदेशसँगै रुसी सेना लुहान्स्कबाट अगाडि बढेको छ । अबको केही दिनमा समुद्री बन्दरगाहसँग जोडिएको ओडिसा पनि पूर्णरुपमा कब्जामा लिने बताइएको छ । रुसले आफ्नो युक्रेन मिशन पूरा नगरी पछि नहट्ने बताएको छ । लुहान्स्क विजयपछि रुसले आफ्नो सेनाले अभियानमा सफलता हात पारिरहेको बताएको छ ।