काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ को जित निश्चित भइसकेको छ । यसअघि दिउँसै सार्वजनिक भएको मत गणनामै बालेनको जित सुनिश्चति भइसकेको थियो । रातिसम्मको मत गणना अनुसार बालेनको अग्रता झन ह्वात्तै बढेकव छ ।
काठमाडौंमा १ लाख ७५ हजार बढी मत गणना भइसकेको बताइएको छ । बालेनले ५६ हजार भन्दा बढी मत ल्याएका छन् । उनले २१ हजार बढीले अग्रता लिएका छन् । जित सुनिश्चत भइसक्दा पनि अग्रता बढिरहेको छ । आफ्नो अग्रता देखेर बालेन समेत दंग परेको बताइन्छ।
त्यसैगरी उपमेयरमा एमोलेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ । सुनिताले झन बालेनको भन्दा झण्डै दश हजार मत बढी छ । सुनिताले ६१ हजार मत कटाएको बताइएको छ । उनले पनि आफ्नो मत देखेर चकित भएकी छन् । उनले यति अन्तर मत आउने आशा नगरेको बताउँछन् ।
त्यसैगरी गठबन्धनका तर्फबाट कांग्रेसकी सिर्जना सिंहले ३६ हजार बढी मत पाएकी छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३५ नजिक मत पुर्याएका छन् । गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठको २१ हजार मत पाएका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका टिकाराम खड्का र उपमेयरमा पनि एमालेकै स्यानी चौधरी विजयी भएका छन् । मेयरमा एमालेका उम्मेदवार खड्काले ३१ हजार चार सय आठ मत प्राप्त परेका हुन् । उनले निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार सात सय १७ मत प्राप्त गरे ।
यस्तै उपमेयरमा एमालेकी चौधरीले ३० हजार पाँच सय ९७ मत प्राप्त गरी विजयी भइन् । उनले सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानामगरले २१ हजार ६५ मत प्राप्त गरे । योसँगै ११ वटा उपमहानगरपालिकामध्ये सबैको अन्तिम नतिजा सार्वजनिक भएको छ ।