आज :

मेयरमा विजयी भएलगत्तै रेनु दाहालले गरिन यस्तो घोषणा, भरतपुरबासी खुसीले गदगद

  • अनलाइन डबली

भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले सोचेको भन्दा पनि राम्रो नतिजाका साथ विजय हाँसिल भएको प्रतिक्रिया दिएकी छन् ।

विजयी भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै दाहालले आफ्नो अनुमान ३ देखि अधिकतम ७ हजारसम्मको मतान्तरसहित विजयी हुने भएपनि त्यो भन्दा बढी मतान्तरसहित विजयी हुनु भनेको जनताको माया र विश्वासको कारण भएको बताइन् ।

उनले आफूलाई विजयी गराउने भरतपुरका सबै मतदाताप्रति धन्यवाद प्रकट गरिन् ।‘दोस्रो कार्यकालका लागि चुनावी मैदानमा होमिँदा आम मतदाताको साथ। सहयोग, माया र हौसला पाएँ । यो परिणामले पनि देखायो’, उनले भनिन्, ‘हाम्रो पहिलो कार्यकालको कामको मूल्यांकन गर्दै सोचेको भन्दा राम्रो नतिजा प्राप्त गरेका छौँ ।’

उनले विगतका अधुरा कामहरु र जनताले गरेका अपेक्षा पुरा गर्नका लागि लागिपर्ने घोषणा गरेकी छिन । जनउत्तरदायी भएर काम गर्ने प्रतिबद्धता जनाउँदै दाहालले भरतपुरलाई नमुना सहर बनाउने सङ्कल्पलाई पुरा गरिछाड्ने पनि घोषणा गरिन् । उनको यस्तो घोषणाले भरतपुरबासीलाई खुसि तुल्याएको छ ।

उनले आउने दिनमा कहीँकतै आफ्नो ठाउँबाट सक्रियता र योगदानमा कमी हुन नदिने भन्दै उनले बरु अनुभव प्राप्त भएकाले यहाँका आवश्यकता र प्राथमिकता पहिचान गरेर अघि बढिने बताइन् ।

मेयरका रुपमा आफ्नो अन्तिम कार्यकाल हुने भन्दै उनले यसलाई एक सेकेन्ड पनि खेर नफालीकन जनतालाई निराश हुन नदिने सो क्रममा बताइन् ।

कति आयो मत ?
भरतपुरमा खसेको १ लाख २७ हजार ५०८ मतमा दाहालले ५२ हजार ३० मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ३९ हजार ५८१ मत मात्र पाए ।

दाहालले १२ हजार ४४९ मतान्तरले एमाले र राप्रपाका साझा उम्मेदवार सुवेदीलाई पराजित गरेकी हुन् । यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका अधिकारीले ५२ हजार ८०३ मतसहित विजयी भएका छन् ।

उनले राप्रपाकी हिमला गुरुङलाई २२ हजार १९१ मतान्तरले पराजित गरेका छन् । एमाले र राप्रपाकी साझा उम्मेदवार गुरुङलाई ३० हजार १९१ मत मात्र आएको छ ।

०७४ मा पनि भरतपुरमा माओवादीको मेयर र काँग्रेसको उपमेयर थिए । अहिले पनि मेयर माओवादी र उपमेयर काँग्रेसले जितेको छ । यस्तै काँग्रेसले भरतपुर महानगरका १६ वटा वडा जितेको छ ।

काँग्रेसले १,२,४,५,६,८, १०, १४,१५, १६, १७, २०,२१, २३, २७ र २९ मा वडाध्यक्ष जितेको हो । यस्तै माओवादी केन्द्रले १३, २४ र २६ गरी तीन वडाध्यक्ष जितेको छ भने एकीकृत समाजवादी पनि ७, ९ र २२ गरी तीन वडामा विजयी भएको छ । एमालेले एमाले ३, ११, १२, १८, १९ र २८ गरी ६ वडा जित्दा २५ नम्बर वडामा स्वतन्त्र उम्मेदवारले जितेको अवस्था छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal