काठमाडाैं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सदस्यलाई पित्री शोक परेकोछ, मंगलबार रानाभाटका पिता टंकबहादुर रानाभाटको ७३ वर्षिको असामयिक निधन भएको थियो । बुधबार देजमो अध्यक्ष सी.पी. गजुरेलले एक प्रेस वक्तव्य मार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
देजमो गण्डकी प्रदेश अध्यक्ष समेत रहेका रानाभाटका पिता असामयिक निधन भएको खबरले दुःखी भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “उहाँका श्रीमती, छोरा क. नेत्रबहादुर रानाभाट, एक छोरी, बुहारी, ज्वाइँ, एक नातिनी र दुई नाति हुनुहुन्छ । दिवङ्गत टंकबहादुर रानाभाटप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।


अनलाइन डबली



