आज :

काठमाडौं महानगरमा मेयरका उम्मेदवार सायमीले संवाद डबलीमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै 

  • अनलाइन डबली

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार सुमन सायमीले आफ्नो चुनावी घोषणा पत्र तथा प्रतवद्धता आज सार्वजनिक गर्दैछन् । काठमाडौं अनामनगरस्थित संवाद डबलीमा दिउँसो १२ः३० बजे सायमीले पत्रकार भेटघाटको आयोजना गरेका छन् ।

गुठी र अन्ययपूर्ण सडक विस्तार विरोधी आन्दोलनका अगुवा समेत रहेका सायमीले काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र रुपमा उम्मेदवार दिएका थिए । उनको उम्मेदवारीसँगै गुठी आन्दोलनमा नेवार समुदाय एकजुट भएका छन् ।

चुनावी घरदैलोमा रहेका सायमीले मेयरसँगै उपमेयरमा पनि उम्मेदवारी दिन लगाएका छन् । सायमीले काठमाडौं सांस्कृतिक नगरी भएको बताउँदै यसको संरक्षण आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।

बुबाले परिवारले भूमिगत कालमा कम्युनिस्ट नेताहरुलाई सेल्टर दिने र सहयोग गर्दै कम्युनिस्ट राजनीतिमा सक्रिय भएपनि सुमन सायमी भने राजनीतिक थिएन । उनी सामाजिक आन्दोलनसँगै राजनीतिमा प्रवेश गरेका छन् ।

भूकम्पको बेला सरकारले सडक विस्तारको नाममा मानिसहरुको उठिबास लगाएको भन्दै सडकमा आएपछि समुन चर्चामा आएका थिए । उनले सरकारले गुठीमाथि हस्तक्षेप गरेको भन्दै नेवार समुदायले सुरु गरेको आन्दोलनमा पनि सुमनले अगुवाइ गरेका थिए ।

सुमन सायमीको टीमबाट उपमेयरमा विद्या श्रेष्ठ महर्जनले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । उनीहरुको चुनाव चिन्ह आँखीझ्याल रहेको छ ।सायमी र महर्जनले काठमाडौं महानगरमा रहेका सम्पदा र सभ्यताको संरक्षण आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal