आज : २०८१ चैत्र, ३१

एमालेसहितबाट एक दर्जन नेता कार्यकर्ता माओवादी समाजवादीमा प्रवेश

  • २०७८ चैत्र ०५ गते   ०४:०४ बजे

काठमाडौं । नेकपा (एमाले),माओवादी केन्द्र, जसपा लगायतकाका विभिन्न पार्टीहरुबाट कर्णजित बुढाथोकी ‘सुशिल’ नेतृत्वको नेकपा माओवादी समाजवादीमा नेता–कार्यकर्ता प्रवेश गरेका छन् । शनिबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रमा अध्यक्ष सुशिलले नव प्रवेशीहरुलाई पार्टीमा शनिबार स्वागत गर्दै एमसीसी पक्षधरहरु विस्तारै जनताबाट कट्ने दाबी समेत गरेका छन् ।

सो कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अध्यक्ष सुशिलले पछिल्लो समयमा नेपालमा अश्वभाविकरुपमा विदेशी चलखेल बढेकोप्रति चिन्ता व्यक्त गरे । देशका मुख्य राजनीतिक दल भनिएका ठूला पार्टीहरु विदेशी वैशाखी टेकिरहेको र त्यसको अन्त्य गर्न वैकल्पिक शक्तिको आवश्यकता छ, उनले भने । सन्तोश घले, गुथबहादुर गुरुङ, जमुना तामाङ, कृष्ण सुेवधी लगायत एक दर्जनलाई अध्यक्ष सुशीलले पार्टीमा टिका लगाएर प्रवेश गराएका थिए ।

सो पार्टीका केन्द्रीय सचिव द्वोय अरुण घिसिङ, मेग बहादुर खत्री, स्थायी समिती सदस्य तथा अखिल नेपाल किसान संघ(क्रान्तिकारी) इन्चार्ज टि.पी. गौतम, स्थायी समिति सदस्य योगेश राल्फाली, पीवीएम तथा अखिल नेपाल भूमिहिन सुकुम्वासी संघ(क्रान्तिकारी) संयोजक राजकुमार विक, पार्टी निकट बुद्धिजीवी संगठन संयोजक भक्तकुमारी भूजेल, क्रान्तिकारी ट्रेड युनियन फेडेरेसन संयोजक कृष्ण खड्का, वागमति प्रदेश सचिव मिना चन्द, अनेरास्ववियु(क्रान्तिकारी) संयोजक कपिल सिजापति,समाजवादी वाइसीएल नेपालका संयोजक सुमन गुरुङ लगायतले नव प्रवेशीहरुलाई सो पार्टीमा स्वागत गर्दै आगामी दिनमा देश र जनताप्रति प्रतिबद्ध रहन र दालालहरु विरुद्ध खरो उत्रनु पर्ने बताए । सो कार्यक्रमको सभापति वागमाति प्रदेश कार्यबाहक अध्यक्ष राम प्रसाद मैनालीले गरेका थिए भने, सन्चालन विहानी विकाले गरेका थिए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal