काठमाडौँ । विवादित एमसीसीलाई संसद सचिवालयले प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा राखेको छ । बिहीबार बस्ने बैठकको सम्भावित कार्यसूची बुधबार सार्वजनिक गरेको छ ।
अर्थमन्त्रीको तर्फबाट संचारमन्त्री ज्ञानेन्द्र कार्कीले संसदमा पेश गरेको एमसीसीमाथि भोलि बस्ने प्रतिनिधिसभा बैठकमा छलफल हुँदैछ । त्यस्तै, अर्को सम्भावित कार्यसूचीमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।