आज :

एमसीसीको हेटौंडामा रहेको एमसीए कार्यालय तत्काल हटाउन नेकपासहित १९ पार्टीको चेतावनी

काठमाडौं । विवादित अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एसीसी) को हेटौंडामा रहेको एमसीए कार्यालय तत्लकाल उठाउन विभिन्न राजनीतिक दल तथा सरोकारवालाले माग गरेका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित १९ वटा सरोकारावाल पक्षले एमसीए कार्यालय तत्काल हटाउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । एमसीए कार्यालयमै पुगेर उनीहरुले एमसीसी राष्ट्रहित विपरित भएकोले आफूहरुले परियोजना कार्यान्वन गर्न नदिने भन्दै उठ्न भनेका थिए ।

राजनीतिक पार्टी तथा संघसंस्थाहरुका प्रमुखले हस्तक्षार गरेको पत्र बुझाउँदै  एमसीसी नेपालको सार्वभौमिकता, स्वाधीनता, संविधान, कानून, सुरक्षा, अन्तर्राष्ट्रियमैत्री विपरीत रहेको सम्झौता कार्यन्वयनका लागि एमसीए कार्यालय स्थापना गरिएकोमा आपत्ति समेत जनाएका थिए ।

एमसीए कार्यालयका कर्मचारीलाई राष्ट्रहित विपरित कार्यमा संलग्न नहुन आग्रह समेत भेटको क्रममा उनीहरुले गरेका थिए ।

सहभागी पार्टी तथा संघसंस्थाहरु:

नेपाल कम्युनिस्ट पार्टी, मकवानपुर – सेक्रेटरी, राम घलान (वाटर), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), मकवानपुर – सेक्रेटेरी, रामचन्द्र नेपाली (पारस), नेपाल कम्युनिस्ट पार्टी माले, मकवानपुर – उपसचिव, हरिकृष्ण अधिकारी, नेकपा मसाल, मकवानपुर – प्रवक्ता, रामहरि धिताल, नेपाल कम्युनिस्ट पार्टी, मकवानपुर – संयोजक, माननाथ तिमल्सिना, राष्ट्रिय जनमोर्चा नेपाल – अध्यक्ष, नीर कुमार सिंतान, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, मकवानपुर – संयोजक, गणेश रसाइली, नेमकिपा, मकवानपुर – प्रतिनिधि, दिपेन्द्र श्रेष्ठ, जनता समाजवादी पार्टी – प्रतिनिधि, जीवन लामा, माओवादी जनमुक्ति पार्टी – प्रतिनिधि, जीवन घिमिरे,  बौद्धिक मन्च नेपाल, मकवानपुर – अध्यक्ष, विमल केशरी पौडेल, राष्ट्रिय जन सरोकार मन्च नेपाल, मकवानपुर – संयोजक, उमेश गुणी, नागरिक सरोकार समिति, मकवानपुर – संयोजक, केशव गौतम, मानवाधिकार संरक्षक मन्च, मकवानपुर – संयोजक, अरुण खतिवडा, उन्मुक्त पुस्ता, मकवानपुर – संयोजक, वनस्थम थिङलगायत रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal