
धनगढी । जनयुद्धका घाइते प्रसामे लुहार ‘पसल’ को निधन भएको छ । कालिकोट सान्नी त्रिवेणी गाउँपालिकाको मेहलमुडी स्थायी घर भएका पसल हाल कैलालीको घोडाघोडी बस्दै आएका थिए ।
पारिवारका अनुसार प्रसालेलाई केही दिनदेखि जनयुद्धकालका घाउहरु बल्झिएपनि उपचार हुन सकेको थिएन ।
जनयुद्धमा लामो समयदेखि जनमुक्ति सेनामा कार्यरत प्रसामे एक इमान्दार र कुशल लकाडु थिए । उनले पश्चिम नेपालका दर्जनौं लडाइँ लडेका थिए । प्रसामे चर्चित तीनगिरे लडाइँमा घाइते भएका थिए ।
गणतन्त्र ल्याउन घर छोडेर एक सिपाही उपचार नपाएर मर्नु अवस्था दुःखदायी भएको सहकर्मीहरु बताउँछन् । प्रसामेका सहकर्मीहरु उनीलाई एक इमान्दार सिपाही भएको बताउँछन् ।