
काठमाडौं । काठमाडौं उपत्यकामा एक निषेधाज्ञा एक हप्ता थप गर्ने तयारी भइरहेकाे छ । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आइतबार बसेर निषेधाज्ञा थप गर्ने तयारी भइरहेको छ ।
निषेधाज्ञा र मोडालिटीबारे छलफल गर्न अहिले ३ बजे तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्न लागेको छ । बैठकले निषेधाज्ञा एक हप्ता थप गर्ने र मोडालिटी परिवर्तन गर्ने बताइएको छ । वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।
थप गरिने निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेर असार १ बाट खुकुलो बनाउने बताइएको छ ।
कोरोना संक्रमित घटेसँगै निषेधाज्ञा खुकुलो बनाउँदै लगिने भएको छ । त्यसको लागि ससल खोल्ने समय थपदेखि सवारी सधानमा जोरविजोर प्रणाली लागु गरिने भएको छ । त्यसैगरी कृषि सम्बन्धी कार्यलाई सहजीकरण गरिदिने तयारी छ ।
सपथ लिएकै अर्को दिनमा गृहमन्त्री खगराज अधिकारीले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिँदै विकास निर्माणका गतिविधिलाई अघि बढाउन सहजीकरण गर्न निर्देशन दिएका थिए ।