काठमाडौं । सीईडीबी हाइड्रोपावरका संस्थापक र कर्मचारीले तीन वर्षसम्म शेयर किनबेच गर्न नपाउने भएको छ ।
उक्त कम्पनीले गत वैशाख ३१ गते आईपीओ बाँडफाँट गरेको थियो । सोही आधारमा कर्मचारी र संस्थापक समूहको शेयर वि सं २०८१ वैशाख ३० गतेसम्म किनबेच गर्न (लकिङ) नपाइने कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख गरिएको छ ।
उक्त सूचनामा यस्तो भनिएको छ ः नेपाल धितोपत्र बोर्डको निर्देशिका दर्ता तथा निष्काशन नियमावली, २०७३ को परिच्छेद ९ दफा ३८ को उपदफा १ बमोजिम ‘विवरणपत्र प्रकाशन गरी निष्कासन गरिएको धितोपत्रबाहेक अन्य समूहले धितोपत्र संगठित संस्थाले सवंसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन गरेको सेयर बाँडफाँड भएको मितिले ३ वर्षको अवधि पूरा नभई बिक्री गर्न पाइने छैन।