आज :

विनोद चौधरीको बियर प्लान्टमा आगलामी, आगो नियन्त्रण बाहिर

काठमाडौँ । चौधरी ग्रुपको बियर प्लान्टमा आगलामी भएको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ दुम्कौलीस्थित विनोद चौधरीको ‘चौधरी उद्योग ग्राम’ परिसरमा रहेको नेपाल आइस बुरअरीको बियर प्लान्टमा आगलागी भएको हो । सँगै गरहेको गोदाममा पनि आगलागी भएको नवलपुर प्रहरीले बताएको छ ।

बुधबार विहान ९ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउन पूर्वी नवलपरासी, चितवन र नेपाली सेनाका गरी ६ वटा दमकलले प्रयास गरिरहेका छन् ।

आगो निभाउन सबै सुरक्षा निकायका सुरक्षाकर्मीसहित स्थानीय पनि खटिएको प्रहरी उपरीक्षक मल्ले बताए । गोदामको ठूलो भवनलाई भत्काएर आगो निभाउने प्रयास भइरहेको छ । आगो निभाउन प्रयास भइरहेकाले क्षतिको विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।
गोदाभित्र रहेका सबै बियर नष्ट भएकाले करडौंको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागी विद्युत सर्टका कारण भएको बताइएको छ ।

चौधरी ग्रुपका सहायक प्रबन्धक सुवास देवकोटाले कार्टुन गोदामबाट आगो सुरु भएर मुख्य भवनमा सरेको बताए । उनका अनुसार चारवटा दमकलले आगो नियन्त्रणका लागि गरेको प्रयास सफल भएको छैन । सेना र प्रहरी आगो नियन्त्रणमा खटिएका छन् ।

चौधरी उद्योग ग्राम देवचुलीका प्रशासन प्रमुख दामोदर पौडेलका अनुसार उद्योग परिसरमा रहेको बियर प्लान्टको गोदाम र बोटलिङ क्षेत्रमा आगलागी भएको हो । ब्रुअरीले नेपाल आइस बियरलगायतका बियर उत्पादन गर्दै आएको छ ।

आगो नियन्त्रणमा आउन नसकेकोले कति क्षति भयो भन्ने कुरा यकिन हुन नसकेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal