काठमाडौँ । सामाजिक संजाल फेसबुकमा मंगलबार विहानैबाट ५५ किलोको माछाको फोटो भाइरल भयो । नेपालका नदी र खोला तथा तालमा यति ठूलो माछा बिरलै भेटिन्छन् ।
समुद्रसँग जोडिएका नदीमा ठूला माछा भेटिएपनि पहाडी क्षेत्रमा तीब्र गतिमा बग्ने नेपालका नदीमा कहिलेकही मात्रै यति ठूलो माछा भेटिने गर्छन् ।
मंगलबार भेटिएको ५५ किलोको माछा पाल्पा र गुल्मीको धार्मिक पर्यटकीय क्षेत्र रिडीभन्दा अलि तल कुडापानी नजिकै भेटिएको बताइएको छ । यो कालिगण्डकीमा पर्छ ।
कति जना लागेर यो माछालाई मारेका हुन् । तर बरियो लगाएर एउटै जानाले बोकिरहेका छन् । माछा बोक्ने मान्छेभन्दा लामो देखिन्छ । साममाजिक संजालमा बताइएअनुसार यो माछालाई ‘क्याट फिस’ भनिन्छ ।
सामाजिक संजालमा यो माछा मार्नु प्राकृतिक र जलसम्पदा तथा जल पर्यवरणको को हिसाब अ पराध भएको बताइएको छ । मार्नेलाई कारवाहीको माग गरिएको छ । ।