
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा २९ गतेसम्म लम्याउने निर्णय भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञा जारी गरिएपनि कोरोना संक्रमण झनझन बढ्दै गएपछि थप कडाई गरिने भएको छ । साथै पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ ।
ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको छ । निषेधाज्ञालाई थप कडाई गरिने भएको छ । यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ । कवाडी संकलन लगायत ठेला गाडा समेत सञ्चालनमा रोक लगाउने निर्णय समेत गरेको छ ।