आज :

कोरोनाको दोस्रो लहरः ४ महिनायताकै धेरै सक्रिय संक्रमित, पहिलो निसाना स्कुले बालबालिका

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीब्र रुपमा फैलिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार झण्डै ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा ८१ जना स्कुले बालबालिका रहेका छन् ।

मन्त्रालयका अनुसार शुक्रबार ० देखि ९ वर्ष समूहका १५ जना र १० देखि १९ वर्ष समूहका ६६ जना बालबालिकामा कोरोना संक्रमण भएको छ । दशैभरीका शैक्षिक संस्था भौतिकरुपमा संचालन भइरहेकोले कोरोनाको पहिलो निसाना स्कुले बालबालिका हुन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । मावि र क्याम्पस स्तरका विद्यार्थीको तुलनामा साना कक्षाका बालबालिका बढी जोखिममा रहेका बताइएको छ ।

शुक्रबारसम्म काठमाडौँ उपत्यका र बाँके कोरोनाको ‘हट स्पट’ बनेको छ । काठमाडौँमा २८६, ललितपुरमा ४३ जना र भक्तपुरमा १९ जना गरी उपत्यकामा ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना फैलिएपछि परीक्षण दर पनि बढाइएको छ । शुक्रबार ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टीजेन टेष्टमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
नेपालमा कोरोना निको हुनेको संखया २ लाख ७४ हजार ८१२ पुगेको छ । शुक्रबार थप २ सय ८ जना निको भएर सामान्य जीवनमा फर्किएका छन् ।
कोरोना संक्रमितको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ । कुनै दिन ५ सयमा झरेको थियो भने शुक्रबार यो संख्या बढेर ५ हजार ८ पुगेको छ । त्यस्तै, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौँमा सबैभन्दा धेरै २८६ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा १३३ जना जना संक्रमित भएका छन् । यस्तै मोरङमा २० जना, धनुषामा १० जना, पर्सामा ३० जना, चितवनमा २२ जना, भक्तपुरमा १९ जना, ललितपुरमा ४३ जना, कास्कीमा ४६ जना, दाङमा २१ जना, रुपन्देहीमा ४३ जना र कैलालीमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  • फाइल तस्वीर

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal