
काठमाडौँ । नेपालमा पहिलो पटक एकै पटक १६५ सडक निर्माणको सुरु भएको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका १६५ रणनीतिक सडक निर्माण घोषणा गरेका छन्।
देशभरका निर्वाचन क्षेत्र एकएक पर्नेगरी प्रधानमन्त्री ओलीले बालुवाटारबाट मध्यान्ह स्वीच दबाएर सो सडकको शिलान्यास सरकारले गरेका हुन् । निश्चित मापदण्डका आधारमा सबै प्रत्यक्ष निर्वाचित सांसदले सिफारिस गरेका सडकहरू छनोट गरिएको थियो ।
सडकको शिलन्यास गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्रलाई समृद्ध बनाउने रणनीतिक सडक शुभारम्भ गरिएको बताए । देश विकासको सबैभन्दा प्रमुख पाटो सडक सञ्जाल भएको भन्दै रणनीतिक सडकको शुभारम्भ गरिएको बताइएको छ ।
सबै निर्वाचन क्षेत्रमा सडक संजाल पुगेपछि देश विकासमा राष्ट्रिय राजमार्ग मात्रै नभइ संघीय राजधानी प्रदेश राजधानी, जिल्ला सदरमुकाम लगायत देशकै अन्य ऐतिहासिक पुरातात्विक धार्मिक, पर्यटकीय स्थलहरु आर्थिक स्रोतहरुको पहिचान, उपयोग र एकीकृत रुपमा विकास गर्ने निर्वाचन क्षेत्रको विकास हुने विश्वास सरकारले लिएको छ ।
यो योजनामार्फत २ हजार २१० किलोमिटर सडक कालोपत्रे स्तरमा निमार्ण हुनेछ । जसको लागत ५७ अर्ब १० करोड हुने अनुमान गरिएको छ ।