काठमाडौं । संयुक्त राज्य अमेरिकाले आणविक सम्झौताका लागि पुनः वार्ता गर्न इरानसँग आग्रह गरेको छ । राष्ट्रपति जो बाइडनले इरानसँग वार्ताको प्रस्ताव अगाडि सारेका हुन् । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णय उल्टाउँदै बाइडनले नयाँ ढंगबाट आणविक वार्ताका लागि इरानसँग आग्रह गरेका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडनको यो महत्वपूर्ण कदम भएको बताइएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लीन्केनले युरोपेली साझेदारहरुसँगको छलफलमा नयाँ ढंगबाट आणविक सम्झौताका लागि तेहरानसँग वार्ता गर्न तयार रहेको बताए ।
हालसम्म परमाणु सम्झौतामा तेहरानसँग प्रत्यक्ष सम्बन्धका लागि राष्ट्रपति जो बाइडेन प्रशासनले सार्वजनिक गरेको सबैभन्दा ठोष कदम भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले दावी गरेका छन् ।
तर, इरानले भने अमेरिकी प्रस्ताव विश्वास लाग्दो नभएको बताएको छ । इरानकी विदेशमन्त्रालयका प्रवक्ता सईद खतिबजादेले अमेरिकाको प्रस्तावमा तत्कालै विस्वास गर्ने वातावरण नभएको बताएका छन् । उनले इरानमाथि अमेरिकाले लगाइएका प्रतिवन्धहरु हटाएपछि मात्र वार्ताका लागि विश्वासको वातारण बन्ने बताए ।
इरानले अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी आईएईएले आफ्नो यसअघि भएका सम्झौताको पालना नभए आफूहरु वार्ताका लागि तयार नहुने चेतावनीसमेत दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।