आज :

जगतको मृत्युले राज्यको वास्तविक चरित्र छर्लङ्ग भएको छः विप्लव

काठमाडौँ । नेपाल कम्युस्टि पार्टीका महासचिव विप्लवले प्रहरी हिरासतमा उपचार नपाएर भएको पार्टीका नेताको जगेन्द्र पुन ‘जगत’ को मृत्युले राज्यको वास्तविक चरित्र र राजबन्दीको व्यवहार छर्लङ्ग भएको बताएका छन् । महासचिव विप्लवले मंगलबार विज्ञप्ति जारी गरेर जगतको अस्वाभाविक मृत्यु भएको भन्दै पार्टीको ध्यानाकर्षण भएको बताएका छन् ।

‘म्याग्दीका लोकप्रिय नेता कमरेड जगेन्द्र पुन ‘जगत’ को अस्वाभाविक मृत्युको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । राज्यको नियन्त्रणमा रही बिरामी अवस्थामा समेत उपचार नपाई मृत्यु भएको घटनाले राज्यको वास्तविक चरित्र र राजबन्दीप्रतिको व्यवहार छर्लङ्ग भएको छ । आफू बिरामी भएको जानकारी गराउँदासमेत समयमै उपचारकार्यमा बेवास्ता गरी जेल प्रशासनसमेत आपराधिक कार्यमा संलग्न रहेको स्पष्ट हुन्छ’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा विप्लवले बिरामी भएको जानकारी गराउँदासमेत समयमै उपचारकार्यमा बेवास्ता गरी जेल प्रशासन समेत आपराधिक कार्यमा संलग्न रहेको स्पष्ट भएको भन्दै घटनाको छानविन गर्न मानवअधिकारवादीहरूसमक्ष आह्वान गरेका छन् । विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘कमरेड जगेन्द्र पुन ‘जगत’ को मृत्युका बारेमा सत्यतथ्य छानबिन गर्न सम्पूर्ण मानवअधिकारवादी, कानुनविद् र सम्बन्धित सबैसँग हार्दिक अनुरोध गर्दछौँ । साथै यस घटनाका दोषीप्रति कारबाही गर्न आग्रह गर्दछौँ ।’

प्रहरीको नियन्त्रणमै एक्कासी बेहोस भएका जगतलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले टाउकाको इमर्जेन्सी अप्रेशन गर्न भनेको थियो । तर प्रहरीले उपचार नगरी हिरासतमा लगेको थियो ।

जगतको समयमै उपचार नभएको र बेहोस हुँदा पनि प्रहरीले लापरवाही गरेको कारण मृत्यु भएको परिवारले जनाएका छन् । अन्तिम अवस्थामा पुगेपछि बल्ल प्रहरीले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना गरेको थियो । अस्पताल भर्ना गरिसक्दा पनि प्रहरीले गम्भीर लापरवाही गरेको थियो । प्रहरीले उपचार खर्च ल्याएर घरपरिवारलाई उपचार गर्न भन्दै पन्छिएको थियो ।

५८ वर्षीय जगत गम्भीर बिरामी हुँदा पनि उपचार गर्न नदिने प्रहरी अधिकारीलाई परिवारले कारवाहीको माग गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal