
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक बोलाएका छन् । संवैधानिक परिषदको बैठक स्थगित भएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । अहिले पनि बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
आज विहान बोलाइएको संवैधानिक परिषद बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि ५ बजे सारिएको छ । पाँच बजे पनि सभामुख अनुपस्थित भए के गर्ने भन्ने विषयमा निर्णय लिन ओलीले मन्त्रिपरिषद् बैठक बोलाइएको स्रोतको दाबी छ ।
यसअघि आइतबार बोलाइएको परिषदको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापित शेरबहादुर देउवा र सभामुख सापकोटा अनुपस्थित भएपछि आव विहानसम्मलाई सारिएको थियो ।
परिषदका अध्यक्ष प्रधानमन्त्री ओलीले परिषद बैठकमा राम्रो समन्वय नगरेको र बैठकका एजेण्डबारे पूर्व जानकारी नगराइएको भन्द सभामुख सापकोटा बैठकमा अनुपस्थित भएका हुन् ।
पार्टीभित्रको विवाद संवैधानिक परिषदमा पुगेको भन्दै प्रधानमन्त्री ओलीले आजको मन्त्रिपरिषद बैठकबाट महत्वपूर्ण निर्णय गर्ने बताइएको छ । (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूहको आग्रमा आफूलाई अप्ठ्यारोमा मार्न सभामुख सापकोटा अनुपस्थित हुँदै आएको निष्कर्ष पुगेपछि प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका छन् ।