काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता गजेन्द्र पुन ‘जगत’ ले समयमै उपचार नपाएपछि मृत्यु भएको छ । विप्लव नेतृत्वको नेकपामा आस्था राखेको आधारमा प्रहरीले गि रफ्तार गरेर चरम यातना खेपेका नेता जगतको सोमबार मृत्यु भएको बताइएको छ ।
नेकपाको म्याग्दी जिल्ला जनपरिषद् प्रमुख समेत रहेका जगतलाई प्रहरीले बिरामी हुँदा पनि उपचार गर्न दिएको थिएन । प्रहरीको नियन्त्रणमै एक्कासी बेहोस भएका जगतलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले टाउकाको इमर्जेन्सी अप्रेशन गर्न भनेको थियो । तर प्रहरीले उपचार नगरी हिरासतमा लगेको थियो ।
जगतको समयमै उपचार नभएको र बेहोस हुँदा पनि प्रहरीले लापरवाही गरेको कारण मृत्यु भएको परिवारले जनाएका छन् । अन्तिम अवस्थामा पुगेपछि बल्ल प्रहरीले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना गरेको थियो । अस्पताल भर्ना गरिसक्दा पनि प्रहरीले गम्भीर लापरवाही गरेको थियो । प्रहरीले उपचार खर्च ल्याएर घरपरिवारलाई उपचार गर्न भन्दै पन्छिएको थियो ।
५८ वर्षीय जगत गम्भीर बिरामी हुँदा पनि उपचार गर्न नदिने प्रहरी अधिकारीलाई परिवारले कारवाहीको माग गरेका छन् ।