आज :

(नेकपा) को स्थायी समिति बैठक आज बस्दै, के ओली सहभागी हुन्छन् ? 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुँदा पनि अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको बैठक आजसम्मको लागि स्थगित गरिएको थियो ।

मंसिर २१ गते पार्टी कार्यालय धुम्बाराहीमा ओलीको अनुपस्थितिमा सुरु भएको बैठकमा दुबै अध्यक्षले पेश गरेका प्रस्ताव अध्ययनको लागि भन्दै बैठक स्थगित गरिएको थियो । दुबै अध्यक्षले पेश गरेका प्रस्तावसँगै पत्रहरु पनि स्थायी समिति सदस्यहरुलाई अध्ययनको लागि भन्दै वितरण गरिएको थियो । बैठकमा ‘पार्टीको आन्तरिक समस्या’  भन्ने शिर्षकको एउटै एजेन्डा तय गरिएको छ ।

आजको बैठकमा पनि ओली सहभागी हुने वा नहुने अहिले टुंगो लागेको छैन । तर पार्टी महासचिव विष्णु पौडेलले आजको बैठकमा ओली सहभागी हुने बताउँदै आएका छन् । ओलीले अहिले विहान आफू निकटका नेताहरु‍सँग बालुवाटारमा बैठक गर्न लागेको बताइएको छ । बैठकमा नेताहरुको सुझावअनुसार बैठकमा सहभागी हुने वा नहुने भन्ने टुंगो लाग्ने स्रोतले बतायो ।

ओलीले कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रस्तावलाई अभियोगपत्र भन्दै त्यसमा हुने छलफलमा सहभागी नहुने बताउँदै आएका छन् । २१ गतेको बैठकमा ओलीले पत्र पठाउँदै सो जानकारी गराएका थिए ।

दुबै अध्यक्षलाई मिलाउन भन्दै ओली निकट नेताहरु शनिबार दिनभर दौडधुपमा लागेका थिए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका स्थायी समिति सदस्य शंकर पोखरेल प्रचण्ड निवास खुमलटार पुगेका थिए । उनले करिब दुई घण्टा प्रचण्डसँग छलफल गरेका थिए ।

ओलीको सन्देश लिएर खुमलटार पुगेका पोखरेलले प्रचण्डलाई प्रस्ताव फिर्ता लिन र दुबै अध्यक्ष मिलेर एउटै प्रस्ताव लेख्न सुझाव दिएका थिए । तर प्रचण्डले आफू व्याक नहुने बताएका थिए ।

आइतबार बस्ने नेकपा स्थायी कमिटीको बैठकमा पार्टीभित्रको अन्तरविरोध र संकटको समाधानबारे छलफल हुने भनिएपनि निकासका लागि अनौपचारिक गृहकार्य पर्याप्त भएका छैनन् ।

ओली निकट नेताहरुले पनि बैठकमा सहभागी भएर आफ्ना कुरा राख्न सु‍झाव दिइरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal