काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १७ जनाको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८७ पुगेको छ ।
त्यसैगरी बितको २४ घण्टामा देशभर थप २ हजार ७५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।
कोरोनामुक्त भएर थप २ हजार २०६ जना घर फर्किएका छन् । शनिबारसम्म आइपुग्दा कोरोना जितेर घर फर्किनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ । शनिबार देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित ३५ हजार ४३५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार कोरोना निको हुने दर ८१ प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा १ हजार ५१२ संक्रमित थपिएका छन् । जसमध्ये १२९४ काठमाडौं, १४१ ललितपुर र ७७ जना भक्तपुरका रहेका छन् ।
काठमाठौंपछि मोरङका २४५ जना, सुनसरीका १३३, रुपन्देहीका ८५, कास्कीका ८२, कैलालीका ७७, काभ्रेका ७३, झापाका ५८, नुवाकोटका ३७, मकवानपुरका ३३, पाल्पाका २४, बाँकेका २२, कपिलवस्तुका २१, उदपयपुर, बारा, बर्दिया र कञ्चनपुरका १९/१९ जना, खोटाङका १८, रोल्पाका १६, गोरखाका १५, सिराहाका १४, सिन्धुपाल्चोक, नवलपरासी र जुम्लाका १२/१२ जना, बाग्लुङका ११, धनुषा, सप्तरी, सर्लाही, चितवन, लमजुङ र दाङका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्याङ्जाका ९ जना, धादिङका ७, पर्सा, रौतहट, दैलेख र बझाङका ५/५ जना, इलाम, धनकुटा, महोत्तरी, दोलखा, रसुवा, रामेछाप, तनहुँ, नवलपुर र गुल्मीका ४/४ जना, तेह्रथुम, भोजपुर, संखुवासभा, सिन्धुली, प्युठान र मुगुका ३/३ जना, सोलुखुम्बु, अर्घाखाँची र डोल्पाका २/२ जना, ओखलढुंगा, ताप्लेजुङ, कालीकोट, सुर्खेत, हुम्ला, अछाम र डोटीका १/१ जनामा संक्रमण देखिएको छ ।
काठमाडौं उपत्यकामा १५१२ संक्रमित थपिए, देशभर ७६ जना भेन्टिलेटरमा
यस्तै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०८७ रहेको छ भने पछिल्लो २४ घघण्टामा १७ जनाले ज्यान गुमाएका छन् ।
आज १० हजार ४२३ जनाको पीसीआर भएसँगै हालसम्म कुल पीसीआर परीक्षण संख्या १५ लाख २७ हजार ७६६ पुगेको छ । यस्तै हाल देशभर ११४४ जना क्वारेन्टिनमा रहेको पनि मन्त्रालयले जनाएको छ । हाल मनाङ र बाजुराबाहेक अरु जिल्लामा सक्रिय संक्रमित रहेका छन् ।