काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले ललितपुर सेक्रेटरी सावित्रा अधिकारी ‘विदुषी’ र युवा संगठनका केन्द्रीय सदस्य प्रविन धामीलाई रिहा नगरे प्रतिवाद गर्ने चेतावनी दिएको छ । उपत्यका विशेष ब्युरो इन्चार्ज मिलनले एक विज्ञप्ति जारी गरेर विदुषीको गि रफ्तारीप्रति आपत्ति जनाउँदै रिहा नगरे कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
”हाम्रो पार्टीका ब्युरो सदस्य तथा ललितपुर सेक्रेटरी कमरेड विदुषीलाई हिजो राती कात्तिक १५ गते साँझ आठ बजे प्रहरीले गि’रफ्तार गरेको छ । राज्यको यस प्रकारको कार्यको घोर विरोध गर्दै कमरेड विदुषीको तत्काल रिहाइको जोडदार माग गर्दछ । नेपाली जनताका विरुद्ध राज्यको हरप्रकारका गलत र घृणित कार्यको पार्टीले डटेर प्रतिवाद गर्ने कुरा स्पस्ट पार्दै त्यस प्रकारको परिस्थितिबाट उत्पन्न हुने परिवेशको जिम्मेवारी फासिवादी केपी नेतृत्वको दलाल पुँजीवादी सरकार नै हुनेछ” इन्चार्ज मिलनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पार्टीमाथि प्रतिबन्ध लगाइसकेपछि गृहप्रशासनले देशभर पार्टीका नेता तथा कार्यकर्ता, समर्थक, शुभचिन्तक र सर्वसाधारण जनतामाथि गि’रफ्तार गर्ने, झुट्टा मुद्दा लगाउने, जेल–हिरासत घुमाउने, अनावश्यक घर खानतलासी गर्ने, परिवारका सदस्यहरूलाई मानसिक यतना दिनेजस्ता अलोकतान्त्रिक र निर्लज्ज, गलत र घृणित कार्यको पार्टीले डटेर प्रतिवाद गर्ने मिलनले चेतावनी दिएका छन् ।
नेकपा बझाङले एक विज्ञप्ति निकाले पार्टीका जिल्ला सचिवालय सदस्य समेत रहेका धामीको गि रफ्तारीको विरोध जनाएको छ । जिल्ला इन्चार्ज विराट र सेक्रेटरी हरिलालले विज्ञप्ति निकाले र धामीलाई रिहा नगरे प्रशासनका यस्ता हर्कतको प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् ।